गल्फको परिक्षणपछि सांसद विष्टले भने- ‘एउटा सपना पुरा हुदैँछ’

मुस्ताङ | असार १९, २०७९

गल्फको परिक्षणपछि सांसद विष्टले भने- ‘एउटा सपना पुरा हुदैँछ’

मुस्ताङ:  उपल्लो मुस्ताङको लोवाथाङमा गल्फको सफल परिक्षण भएको छ ।  गण्डकी प्रदेश सभा सदस्य तथा गल्फर इन्द्रधारा विष्टले पहिलो ड्राइभ प्रहार गरेपछि औपचारिक रुपमा सुरुवात भएको हो ।

 

कोर्समा गल्फर भुबहादुुर गुरुङ, बलराम थापा, भक्तराज गुरुङ र राजु थकालीले गल्फको परिक्षणसँगै शुरुवात गरेको सांसद विष्टले बताए । 

 

सफल परिक्षणसँगै लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स रहेको सुनाए ‘यो समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो गल्फ कोर्स त नेपालकै बेष्ट कोर्स हो, उनले भने, ‘हामी औपचारिक गेम नै खेल्यौं । गल्फरहरुले यसको प्रचुर सम्भावना छ भन्नुभाछ । नेपालको भएको हाई अल्टिच्युडको कोर्स भनेकै यति एउटै हो । यसको सफल परिक्षण भएको छ । त्यसैले मेरो एउटा सपना पुरा हुदैँछ ।’

 

सांसद विष्टका अनुसार पोखरामा १ चितवनमा १ धरानमा १, काठमाडौंमा ३ र अहिले थपिएको उपल्लो मुस्ताङको गरि कुन नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । 

 

गण्डकी प्रदेश सांसद तथा गल्फर इन्द्रधारा विष्टले वर्षौ देखि त्यहाँ गल्फ कोर्स बनाउने योजना बनाउदै आएका थिए  । उक्त कोर्स बनाउनका लागि विष्टले ८ लाख बढि लगानी गरिसेकेका छन् । भने लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको छ । 

 

सांसद विष्टले मौसमको अनुकुलता अनुसार प्रतियोगिताको तयारी गर्ने बताए ।  ‘अब सम्भव भएसम्म छिटै गल्फ प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु, उनले भने, ‘बाह्रखरीले आयोजना गर्दै आएको राष्ट्रिय गल्फ च्याम्पियनसिपलाई यही कोर्समा गर्ने गरि कसरत गरिरहेको छु । यो कोर्स नेपालकै बेस्ट कोर्स बनाउने गरि लाग्नेछु ।’
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्